काठमाडौं - आज नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ । शनिबार अगाडि बढ्न नसकेको बैठक आज बस्न लागेको हो ।

शनिबारको बैठक विघटित कार्यदलमा रहेका अध्यक्ष केपी शर्मा ओली तथा माधवकुमार नेपाल पक्षका सदस्यहरुको आग्रहमा एजेण्डामा प्रवेश नगरी स्थगित भएको थियो । तर, आज बस्न लागेको बैठक भने नरोकिने भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष नआए पनि नरोकिने एमालेले जनाएको छ । दिउँसो ३ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बस्न लागेको बैठकमा विधान महाधिवेशनको तयारी, केन्द्रीय विभागहरु गठन र सदस्यता नविकरणसहितका विषयमा छलफल हुने बताइएको छ ।