काठमाडौं - कोरोना महामारीको प्रभावका कारण धेरै नेपालीहरू आर्थिक कठिनाईमा छन । यस कठिन समयमा नबिल बैंकले सँगै अघि बढ्ने आफ्नो उद्देश्यअनुरुप, सम्भव भएसम्म धेरैलाई खुशी पार्ने प्रयास गर्दै समाज प्रति उत्तरदायी हुँदै नयाँ योजना ल्याएको छ । बैंकले व्यक्तिगत मुद्दती खाता, साना तथा मझौला कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट तथा घर कर्जामा अत्यन्त आकर्षक योजना शुरू गरेको हो ।

नेपालीहरूको मिहिनेतले कमाएको रकम राखिने व्यक्तिगत मुद्दती खाताहरूमा उच्च ब्याज दर आर्जन प्रदान गर्ने र कर्जाको हकमा सोको लागत घटाउने हुनाले यस योजनाले महामारीको कारण हुने आर्थिक कठिनाइ कम गर्न मद्दत पु¥याउने बैंकले आशा गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस योजना अन्तर्गत १३ देखि २४ महिना सम्मको व्यक्तिगत मुद्दती खातामा ग्राहकहरुलाई बार्षिक ९प्रतिशत ब्याजदर प्रदान गर्नेेछ । त्यस्तै गरी १ वर्षसम्मको मुद्दती खातामा बैंकले ८.५प्रतिशत ब्याजदर प्रदान गर्दैछ ।

नबिल बैंकको चाडपर्व योजना

२ वर्ष भन्दा माथि र ५वर्ष सम्म व्यक्तिगत मुद्दती खातामा बार्षिक ९.२५प्रतिशत ब्याजदर र ५ वर्षभन्दा माथि व्यक्तिगत मुद्दती खातामा बार्षिक ९.५० प्रतिशत ब्याजदर प्रदान बैंकले जनाएको छ ।

साथै, कर्जा अन्तर्गत घर कर्जामा ७.४९ प्रतिशत, धितो कर्जामा र व्यक्तिगत ओभरड्राफ्टमा ७.९९ प्रतिशत साना तथा मझौला कर्जामा एक करोड सम्मको कर्जामा ७.४९ प्रतिशत र एक करोड भन्दा माथिको कर्जामा ७.९९ प्रतिशत ब्याजदर उपलब्ध गराएको छ ।

यस योजना अन्तर्गत प्रदान गरिएका कर्जाहरुमा एक वर्षसम्म ब्याजदर परिवर्तन नगर्ने बैंकले जनाएको छ । बैंकले ११९ शाखा, १८५ एटिएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुमार्फ सेवा गर्दै आएको छ ।