आलमविरुद्धको थुनछेक बहस आज सकिने
खबर एक्सप्रेस
२०७६-०७-२९ ११:०० मा प्रकाशित
Total Shares: 500
रौतहट - जिउँदै मान्छेहरुलाई इटा भट्टामा हालेर हत्या गरेको अभियोग लागेका निलम्बित कांग्रेस सांसद मोहम्मद अफताव आलमविरुद्धको थुनछेक बहस आज सकिँदैछ ।
जिल्ला अदालत रौतहटमा वादी र प्रतिवादीका तर्फबाट बहस सकिएपछि आलमलाई पूर्पक्षका लागि थुनामा राख्ने, धरौटीमा छाड्ने अथवा साधारण तारेखमा रिहा गर्ने मध्ये एक आदेश हुनेछ । थुनछेक बहसपछिको आदेश आजै आउने सम्भावना छ ।
फेसबुक पेज Like गर्नुहोस