काठमाडौं - राप्रपाका सांसद राजेन्द्र लिङ्देनले सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले  ‘राजतन्त्रले गुमेको भूमि’ भनेको विषयमा असहमति राखेका छन् ।  

शनिबार प्रतिनिधिसभा बैठकमा प्रचण्डले राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लिने ऐतिहासिक गौरव सदनलाई प्राप्त भएको बताएका थिए ।

तत्कालीन राजा महेन्द्र शाह रहेका बेलामा नेपाली भूमि कालापानीमा आएको भारतीय सेना हालसम्म रहिरहेकोतर्फ  प्रचण्डको भनाइ लक्षित थियो ।

राप्रपाका लिङ्देनले प्रचण्डको अभिव्यक्तिमा असहमति जनाउँदै भने, “जसले यो देश निर्माण गर्‍यो । जुन संस्थाले हामीलाई नेपाली नाम र पहिचान दियो । त्यो संस्थाले यो भूगोल बेच्यो, गुमायो र हामीले फिर्ता गर्‍यौं भनेर धक्कु लगाउने र कसैलाई  आलोचना गर्ने दिन होइन । त्यसमा म असहमति राख्‍न चाहन्छु ।”