प्रचण्डको चीन जाने कार्यक्रम रद्द
खबर एक्सप्रेस
२०७६-०८-१६ ११:०० मा प्रकाशित
Total Shares: 592
काठमाडौं - सत्तारुढ नेकपाका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डको ६० सदस्यीय पार्टी नेतासहित चीन जाने कार्यक्रम रद्द भएको छ । दाहालको टोली यहि मंसिर २२ गते चीन उड्ने योजनामा थियो ।
प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था र पार्टी सञ्चालनको जिम्मेवारीका कारण प्रचण्डले भ्रमणको कार्यक्रम रद्द गरेको उनी निकट स्रोतले बताएको छ ।
शुक्रबार राजधानीमा भएको चीन नेपाल मैत्री पत्रकार समूहद्वारा आयोजित कार्यक्रममा दाहालले चीन र नेपालबीचको सम्बन्ध जनस्तरमा मात्रै नभई राजनीतिक स्तरमा पनि सुमधुर भएको बताउँदै आफू चीन जान लागेको बताएका थिए ।
फेसबुक पेज Like गर्नुहोस