दुर्गा प्रसाईंलाई प्रहरीले नै भगाएको लिङ्देनको दाबी
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले दुर्गा प्रसाईं प्रहरीले नै भगाएको आरोप लगाएका छन् ।
मंगलबार पार्टीले काठमाडौंको बल्खुमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो आरोप लगाएका हुन् ।
१५ चैतको आन्दोलनमा प्रहरीलाई गाडीले कुल्चिन खोज्ने प्रसाईंलाई प्रहरीले नै भगाएको उनले बताए ।
अध्यक्ष लिङ्देनले भने, ‘दुर्गा प्रसाईंलाई पक्राउ गर्नुपर्थ्यो । तर, उनंलाई प्रहरीले नै ढुक्कले निकालेर पठायो । मञ्चमा भाषण गरेका नेतालाई अश्रुग्याँस बर्सायो ।’
उनले १५ चैतको आन्दोलनलाई राज्यले चरम दमन गरेको आरोप पनि लगाए । उनले आफूहरूले चाहेमा बालुवाटारलाई घेरेर भातपानी बन्द गरिदिने चेतावनी पनि दिए ।
फेसबुक पेज Like गर्नुहोस