स्पष्टिकरण सोधेको भोलीपल्ट बालुवाटार पुगे योगेश भट्टराई
काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताहरुमाथि कारबाहीको श्रृंखला चलिरहेको बेला नेता योगेश भट्टराई बालुवाटार पुगेका छन् । नेता भट्टराई बुधबार दिउँसो पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।
भेटमा भट्टराईले ओलीलाई पार्टी एकता जोगाउन आग्रह गरेको बालुवाटार स्रोतले बतायो । उनले एमालेलाई एकतावद्ध बनाउने हिसाबले सबैलाई सेमेटेर अघि बढ्न ओलीलाई सुझाव दिएको बताइएको छ । जवाफमा ओलीले पार्टी हित विपरित कार्य अन्त्य गरी पार्टीमा आउनेलाई स्वागत गर्ने बताए ।
ओलीले मंगलबार मात्रै वरिष्ठ नेता नेपालसहित केन्द्रका ३२ जना सांसदलाई स्पष्टिकरण सोधेका थिए । जसमा याेगेश पनि रहेका छन् ।
फेसबुक पेज Like गर्नुहोस