काठमाडौं - सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले एउटै विषय लिएर मन्त्रीदेखि सचिवको ढोका चाहरेर हिँड्नु परेको भन्दै सरकारको ध्यानाकर्षण गरेकी छन् ।
आजको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले भनिन्–‘३७ दिन अगाडि धादिङका सन्तोष शव नेपाल झिकाउनू भनि शून्य समयमा यस समयमार्फत कुरा राखेको थिएँ । तर त्यो कुरा शून्यमै बिलाएर गयो । मलाई लाग्दथ्यो सदनमा कुरा राखेपछि कार्यान्वयन हुनेछ । तर एउटा सांसदले एउटै कुरा लिएर मन्त्रीदेखि सचिवको ढोका–ढोकासम्म चाहरेर कहिलेसम्म हिँड्ने सभामुख महोदय ?’
अर्थ मन्त्रालयले शव व्यवस्थापन गर्न बजेट छुट्याएको तर कार्यविधि नभएको भनेर यो काम हुन नसकेको बताए ।
यो विषयमा जवाफ नआउन्जेल सदनमा उभिने बताइन् । त्यसपछि सभामुख अर्यालले यो विषयमा तीन दिनभित्र जवाफ दिन सम्बन्धित मन्त्रालयलाई निर्देश गरेका छन् ।
सभामुख अर्यालले भनेका छन्–‘माननीय सदस्य आशिका तामाङबाट उठाइएको विषयमा तीन दिन भित्र सरकारलाई जवाफ दिनको लागि निर्देश गर्दछु ।’

.gif)


