एमालेको महाधिवेशन आयोजक कमिटी भंग, माधव पक्षमाथिको कारवाही निष्क्रिय
काठमाडौं - नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग गरिएको छ ।
बुधवार बसेको दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकले कमिटी भंग गर्दै केन्द्रीय कमिटीमा रूपान्तरण गरेको हो । रूपान्तरित केन्द्रीय कमिटीको बैठक यही असार १८ गते काठमाडौंमा बस्ने गरी आह्वान गरिएको छ ।
यस्तै, महाधिवेशन आयोजक कमिटी खारेजसँगै माधव नेपालसहित ११ जना नेतामाथि यसअघि गरिएको कारवाहीसमेत निष्क्रिय भएको एक नेताले जानकारी दिए ।
बैठकले स्थायी कमिटीमा रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, रघुवीर महासेठ, रघु पन्त, विष्णु रिमाल र बेदुराम भुसाललाई मनोनित गर्ने निर्णय पनि गरेको छ ।
वरिष्ठ नेता झलनाथ खनालको उपचारको जिम्मा पार्टीले लिने निर्णय भएको ती नेताले बताए ।
फेसबुक पेज Like गर्नुहोस