प्रधानमन्त्री ओली डिस्चार्ज, स्वास्थ्य अवस्था सामान्य
खबर एक्सप्रेस
२०७६-०७-१४ ११:०० मा प्रकाशित
Total Shares: 991
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएका छन् । उनको स्वास्थ्यस्थिति सामान्य रहेको अस्पतालले जनाएको छ ।
उपचारका लागि काठमाडौंको ग्राण्डी अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो डायलासिस दिउँसो सकिएको थियो । अस्पताल स्रोतका अनुसार उनको दोस्रो डायलासिस बिहीबार दिउँसो सकिएको थियो ।
अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले बिहीबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीको उपचारको क्रममा हेमोडायलाइसिस गरिएको जानकारी दिँदै अहिले स्वास्थ्य अवस्था सामान्य रहेकाले डिस्चार्ज गर्ने निर्णय गरिएको जानकारी दिए ।
फेसबुक पेज Like गर्नुहोस