काठमाडौं - चीनको चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन) ले मे २ मा विश्वको सर्वोच्च शिखर सगरमाथा चीनमा पर्ने उल्लेख गर्दै समाचार प्रकाशित गर्‍यो ।

भारत सरकारले नेपाली भूभाग लिपुलेक हुँदै चीनसँग सडक जोडेपछि काठमाडौँबाट त्यसको व्यापक विरोध भइरहेको छ । यसैबिच चिनियाँ मिडियाले सगरमाथा तिब्बतमा पर्ने भन्दै सार्वजनिक गरेका तस्विरहरु भाइरल भए । सीजीटीएनले सगरमाथाको उचाइ नाप्न गएका टोलीहरुबाट प्राप्त तस्विरहरु प्रकाशित गर्दै 'चोमोलुङ्गमा' चीनको तिब्बत स्वायत्त क्षेत्रमा पर्ने उल्लेख गरेको थियो। चिनियाँहरु सगरमाथालाई आफ्नो भाषामा ‘चोमोलुङ्गमा’ पनि भन्छन् ।

अन्त्यमा, चौतफी विरोध भएपछि सीजीटीएनले चीनमा पर्ने उल्लेख गर्दै गरेको ट्वीट 'डिलिट' गरेर अर्को ट्वीटमार्फत सगरमाथा चीन-नेपाल सिमामा पर्छ भनेर सच्याएको छ ।