कपिलवस्तुका थप दुई जनामा देखियो कोरोना, संक्रमितको संख्या १०१ पुग्यो
खबर एक्सप्रेस
२०७७-०१-२५ ०९:३१ मा प्रकाशित
Total Shares: 328
काठमाडौं - नेपालमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कपिलवस्तुमा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् । यसअघि कपिलवस्तुको छिमेकी जिल्ला रुपन्देहीमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियाे । यो सँगै नेपालमा संक्रमितको संख्या १ सय १ पुगेको छ भने २२ जना निकाे भएकाे मन्त्रालयले जनाएको छ ।

फेसबुक पेज Like गर्नुहोस