प्रधानन्यायाधीशको प्रश्न : धारा ७६(५) को प्रक्रिया किन पूरा नगरेको ?
काठमाडौं - सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथिको बहस आज पनि जारी छ ।
आज प्रधानमन्त्री र राष्ट्रपतिको तर्फबाट बहस गरिरहेका छन् । आज बहसका क्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले संविधानको धारा ७६ (५) को प्रक्रिया किन पूरा नगरेको भन्दै प्रश्न गरेका छन् ।
नायब महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेयलाई राणाले सो प्रश्न गरेका हुन् ।
‘धारा ७६ (५) को प्रक्रिया पूरा नगरेकाले प्रश्न उठेको हो, विकल्प खोज्नु पर्ने थिएन र ?’ राणाले प्रश्न गरे । जवाफमा पाण्डेयले आधार नभएको कारण राष्ट्रपतिले अस्वीकार गरेको बताए ।
राणाले इजलासबाट विघटनअघि संसद्लाई सोध्न पर्थ्यो कि पर्दैनथ्यो भनि प्रश्न पनि गरेका छन् । ‘विघटनअघि संसद्लाई सोध्नु पर्थ्यो कि पर्दैनथ्यो ? अब यो संसद्बाट प्रधानमन्त्री दिन सकिँदैन भनेर स्वीकृति चाहिन्छ कि चाहिँदैन ?’ राणाले सोधे ।
फेसबुक पेज Like गर्नुहोस