‘लठ्याउने औषधी खुवाएर’ भक्तपुरमा बसभित्र किशोरीको सामूहिक बलात्कार
काठमाडौं - १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
महानगरीय प्रहरी वृत्त जगातीका अनुसार प्रकाउ पर्नेमा सूर्यविनायक बस्ने सिन्धुपाल्चोक साँगाचोक गढी नगरपालिका-१० घर भएका २२ वर्षीय निरकुमार खड्का र जुगल गाँउपालिका-४ का २१ वर्षीय सुरेश श्रेष्ठ छन् ।
भक्तपुर नगरपालिका-८ कालाँचास्थित रोकी राखेको बा.३ ख २६१२ नम्बरको बसमा खड्का समेत ३ जनाले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले बस चालक खड्का समेत २ जनालाई पक्राउ गरेको हो । उक्त घटनामा संलग्न एक जना भने फरार रहेको र खोजी कार्य भैरहेको प्रहरीले बताएको छ ।
‘लठ्याउने औषधी खुवाएर’ आफुमाथि बलात्कार गरिएको किशोरीले प्रहरीसँग बयान दिएकी छन् ।
फेसबुक पेज Like गर्नुहोस