काठमाडौं,पोखरा - सत्तारुढ नेकपा एमालेका सांसदले गण्डकी प्रदेशसभा बैठक अवरुद्ध पारेका छन् । सांसदहरुको कोरोना संक्रमण परीक्षण नगरी बैठक डाकिएको भन्दै संसद अवरुद्ध गरेका हुन् ।  

बैठक सुरु भएको केहीबेरमै एमाले सांसद राजीव पहारीले सांसदहरुको पीसीआर परीक्षण नगरिएको, धेरै सांसदले खोपको दोस्रो डोज पनि नलगाएको र जिल्ला प्रकाशन कार्यालय कास्कीले विषेधाज्ञासमेत जारी रहेको अवस्थामा संसद बैठक चल्न नदिने बताए । त्यसपछि अरु एमाले सांसदले उठेर विरोध गरेका थिए ।

सभामुख नेत्रनाथ अधिकारीले पटक पटक बस्न आग्रह गरेपनि एमाले सांसदले बस्न नमानेपछि बैठक २० मीनेटका लागि स्थगित गरेका हुन् ।