काठमाडौं- भारतको मेघालयमा ४ जना नेपालीको घाँटी रेटेर हत्या गरिएको छ । मेघालयको कोइलाखानीमा मजदुरका रुपमा काम गर्ने चार नेपालीको विभत्स तरिकाले हत्या गरिएको हो ।

भारतको मेघालय राज्यअन्तर्गत सुतंगा जयन्तिया हिल्समा ती नेपाली कामदारको हात खुट्टा बाँधेर धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

घटनास्थल मेघालयको राजधानी शिलोङबाट १३० किलोमिटर टाढा रहेको बताइएको छ । मारिने नेपालीहरु धरान र भोजपुरका रहेको खुलेतापनि नामा भने सार्वजनिक गरिएको छैन ।

यसैबीच घटनाबारे भारतीय अधिकारीहरुले दिल्लीस्थित नेपाली दूतावासलाई जानकारी गराइसकेको छ । कुन समुहले के कति कारणले हत्या गर्यो भन्ने केही खुलाइएको छैन ।