काठमाडौं - आउँदो वैशाखमा गर्ने भनिएको निर्वाचनका लागि अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई ७ अर्ब रुपैयाँ उपलब्ध गराएको छ।

अर्थमन्त्री विष्णु पौडेलले आज अर्थ मन्त्रालयमा आयोजित अर्धवार्षिक बजेट समीक्षामा निर्वाचन आयोगलाई उक्त रकम उपलब्ध गराइएको जानकारी दिएका हुन् ।

सरकारले वैशाख १७ र २७ मा निर्वाचन गर्ने बताएको छ। पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेका थिए।

यस वर्ष कुल बजेटको ९१.१९ प्रतिशत खर्च हुने मन्त्रालयले जनाएको छ ।