काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल वायु सेवा निगमले व्यवस्थापनलाई तत्काल सुधार गर्नुपर्ने बताएका छन् । 

निगमको ६१ औं वार्षिकोत्सव समारोहलाई सोमवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । 

प्रधानमन्त्री ओलीले निजी विमान कम्पनीहरू सबै नाफामा जाने तर सरकारी विमान कम्पनी मात्र निरन्तर घाटामा जानुको कारण के हो भनेर प्रश्न गरे । वायु सेवा निगम ६१ वर्षमा ३७ अर्ब घाटामा गएछ यसको कारण के हो र?' प्रधानमन्त्री ओलीले भने, 'यथास्थितीमा निगमलाई सरकारले एक पैसा पनि दिँदैन ।'

प्रधानमन्त्री ओलीले व्यवस्थापनले स्पष्ट कार्ययोजना सरकारलाई पेश गर्नुपर्ने र त्यसलाई कार्यान्वयन गर्ने दृढता पनि हुनुपर्ने बताएका छन् । आकाशमा उड्नुपर्ने निगमका जहाज सधैं विमानस्थलमा देखिनुले पनि निगमको व्यवस्थापन पक्ष कस्तो छ भनेर अनुमान गर्न सकिने प्रधानमन्त्री ओलीको भनाइ छ । 'एकपटक एयरपोर्टमा निगमका जहाज बग्रेल्ती देखेपछि मैले सोधें( नेपाल एयरलाइन्सका जहाज त धेरै रहेछन् निु केही समयअघिको प्रसंग स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने, 'तर मैले जवाफ पाएँ कि यी जहाज नउडेर यहाँ देखिएका हुन् । उडेका भए सबै जहाज आकाशमा हुन्थे । निगम पनि नाफामा जान्थ्यो ।'