काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोकराज सिग्देल र भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठबीच जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ।
भेटका क्रममा नेपाल र भारतबीचको सैन्य सम्बन्ध, आपसी हित तथा पारस्परिक सहकार्यका विषयमा छलफल भएको छ
दुई सेनाबीच रहँदै आएको सम्बन्ध र सहकार्यका विविध पक्षबारे समेत भेटमा विचार-विमर्श भएको बताइएको छ।
यसैगरी नेपाल भ्रमणका क्रममा भारतीय प्रधानसेनापति सेठले प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
यस्तै भारतीय प्रधानसेनापतिको जिम्मेवारी गत जुन ३० मा सम्हालेका सेठलाई आजै राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मानार्थ महारथीको दर्जा प्रदान कार्यक्रम पनि रहेको छ ।
नेपाल र भारतबीचको सैन्य सम्बन्धमा लामो समयदेखि कायम रहेको परम्पराअनुसार दुवै देशका प्रधानसेनापतिलाई एकअर्काको सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने प्रचलन छ ।

.gif)


