नारायणी अस्पतालबाट ५ जना कोरोना संक्रमित डिस्चार्ज
काठमाडौं - पर्साको नारायणी अस्पताल कोरोना विशेष अस्थायी अस्पताल गण्डकबाट आज पाँच जना करोना जितेर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा बाराका दुई जना र पर्साका तीन जना रहेका छन् ।
बाराको कलैयामा रहेको गणमा कार्यरत ३५ र ३६ वर्षीय दुई जना सेना डिस्चार्ज भएका हुन् । त्यसैगरी पर्साको जिराभवानी ४ नम्बर का २५ वर्षीय पुरूष, वीरगन्ज महानगरपालिका वडा नम्बर पाँचका २५ वर्षीय पुरूष र वीरगन्ज महानगरपालिका वडा नम्बर १६ का ७० वर्षीय पुरूष पनि डिस्चार्ज भएको नारायणी अस्पतालका मेसु मदन उपाध्यायले जानकारी दिए ।
हालसम्म पर्साको नारायणी अस्पतालबाट ७२ जना र अस्थायी अस्पताल गण्डकबाट ३० जना कोरोना निको भएर घर फर्किसकेका छन । अहिले पर्सामा २८ जना संक्रमितलाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।
फेसबुक पेज Like गर्नुहोस