काठमाडौं,पोखरा - अज्ञात भनिएका राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य खिमविक्रम शाही अस्पतालमा भेटिएका छन् । उनी पोखरास्थित चरक अस्पतालको कोभिड वार्डको आईसीयूमा भेटिएका हुन् ।

तर, उनलाई कोरोना संक्रमण भने भएको छैन । मंगलबार गरिएको पीसीआर परिक्षणमा शाहीको रिपोर्ट नेगेटिभ आएको थियो ।

आजै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुने सम्भावना थियो । तर, गण्डकी प्रदेशकी राष्ट्रिय जनमोर्चाकी सचेतक पियारी थापाले शाहीको अवस्था अज्ञात रहेको भन्दै निवेदन दिएपछि बैठक अनिश्चितकालका लागि बैठक स्थगित भएको छ । 

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले यसलाई अविश्वासको प्रस्तावमा मत दिन रोक्ने नाममा सत्ता संरक्षित गुण्डागर्दि भएको आरोप लगाएका छन् ।