सिद्धबाबालाई चार दिन थुनामा राख्न अदालतले दियो अनुमति
खबर एक्सप्रेस
२०७६-०८-१६ ११:०० मा प्रकाशित
Total Shares: 1023
काठमाडौं - आफ्नै अनुयायीमाथि बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई जबरजस्ती करणी मुद्दामा चार दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ।
सुनसरी जिल्ला अदालतले सोमबार गिरीलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। सोमबार बिहान अस्पतालको आइसियूबाटै पक्राउ परेका गिरीलाई स्वास्थ्य परीक्षणपछि अदालत लगिएको थियो।
अदालतले थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिए पनि स्वास्थ्य अवस्थाका कारण गिरीलाई पुनस् अस्पताल नै पठाइएको सुनसरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए ।
फेसबुक पेज Like गर्नुहोस