काठमाडौं - नेपाल राष्ट्र बैंकले ३ अर्ब १३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बोलकबोल प्रक्रियाका माध्यमबाट जारी गर्न लागिएको उक्त ट्रेजरी बिल २०७७ साल मंसिर १६ गते परिपक्क हुनेछ ।

बैंकले एक सूचनामार्फत ९१ दिनको अवधिका लागि ३ अर्ब १३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको जनाएको छ । भाद्र १५ गते, सोमबार ३ बजे बोलकबोल भएर भाद्र १७ गते, बुधबार ट्रेजरी बिल जारी हुने बैंकले जनाएको छ ।