काठमाडौं - सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथिको बहस आज पनि जारी छ ।

आज प्रधानमन्त्री र राष्ट्रपतिको तर्फबाट बहस गरिरहेका छन् । आज बहसका क्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले राष्ट्रपतिले प्रधानमन्त्रीका लागि आउने आवेदन स्वीकार या अस्वीकार गर्ने आधार के हो भन्दै प्रश्न गरेका छन् । 

प्रधानन्यायाधीशले महान्यायाधीवक्ता रमेश बडाललाई बहसको क्रममा सो प्रश्न गरेका हुन् । ‘प्रधानमन्त्रीका लागि संविधानको धारा ७६ को  उपधारा ५  मा आधार प्रस्तुत गरेको भनिएको छ। त्यसलाई स्वीकार गर्ने या नगर्ने भन्ने राष्ट्रपतिको आधार के हो ?’ प्रधानन्यायाधीशले सोधे । 

आधार शंकास्पद, विवादास्पद र अविश्वसीय छ भने राष्ट्रपतिले परीक्षण गर्नुपर्दैन भनेर प्रश्नसमेत गरेका छन् ।