काश्मिर विषयले पाकिस्तानमा हल्लीखल्ली
एजेन्सी - भारत प्रशासित काश्मिरलाई विशेषाधिकार दिने भारतीय संविधानको अनुच्छेद ३७० खारेज गरिएपछि पाकिस्तामा धेरै हल्लीखल्ली मच्चिएको छ ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले यस विषयमा टर्कीका राष्ट्रपति रेचेप तैय्यप अदोआनसंग कुराकानी गरेका छन् । पाकिस्तानी प्रधानमन्त्री खानका अनुसार टर्कीले यो विषयमा पाकिस्तानलाई पुरा सहयोग गर्ने वचन दिएको छ ।
भारतका राष्ट्रपतिको आदेशले सोमबार संसदमा जम्मु–काश्मिरमा अनुच्छेद ३७० प्रभावहीन भएको घोषणा गरिएको थियो ।
टर्कीले काश्मिरको विषयमा पहिले पनि पाकिस्तानलाई सहयो गरिरहेको थियो । यस विषयमा पाकिस्तानले संयुक्त राष्ट्र संघको पनि ध्यानाकर्षण गराएको छ । पाकिस्तानी प्रधानमन्त्री खानले सोमबारै मलेशियाका प्रधानमन्त्री महातिर बिन मोहम्मदसंग पनि छलफल गरेका छन् । पाकिस्तान बाश्मिरका विाष्मा भारतको रवैयाविरुद्ध धेरैभन्दा धेरैदेशको समर्थनहासिल गर्ने प्रयत्न गरिरहेको छ ।
पाकिस्तानले संयुक्त राष्ट्र संघसंग काश्मिर विषलाई ‘नोटिस’ मा लिन र त्यहाँ सत्य तथ्य बुझन फ्याक्ट फाइन्डिङ'मिसन पठाउन माग गरेको छ ।
फेसबुक पेज Like गर्नुहोस