शंकास्पद वस्तुसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ
खबर एक्सप्रेस
२०८१-१०-०९ ०२:१० मा प्रकाशित
Total Shares: 3676
काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलो शंकास्पद वस्तुसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
क्याथे प्यासिफिक एयरलाइन्सबाट हङकङ जान लागेका चिनियाँ नागरिकको सुटकेशभित्र लागूऔषध जस्तो देखिने वस्तु भेटिएको हो ।
त्यो वस्तु लागूऔषध हुनसक्ने शंका गरिएको छ । लागूऔषध नियन्त्रण ब्यूरोले बरामद वस्तुलाई परीक्षणका लागि प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाएको छ ।
प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
फेसबुक पेज Like गर्नुहोस