कोटेश्वरमा प्रचण्ड र माधव नेपालबीच भेटवार्ता
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता जारी छ । कोटेश्वरस्थित एक व्यापारीको घरमा दुई नेताबीच भेटवार्ता जारी रहेको हो ।
भेटमा पछिल्लो राजनीतिक अवस्थाको बारेमा तथा अब कसरी अघि बढ्ने भन्नेबारेमा छलफल भइरहेको स्रोतको भनाई छ । नेकपा एमालेभित्र प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी निर्णय गरेको भन्दै माधव नेपाल तथा झलनाथ खनाल समूह असन्तुष्ट छन् । असन्तुष्ट समूहले एमालेभित्रै समानान्तर कमिटीहरु खडा गरिरहेका छन् ।
उता माओवादी केन्द्रले भने पार्टीको नाम फेर्ने प्रस्तावसहितको केन्द्रीय कमिटी बैठक स्थगित गरेको छ । यसैबीचमा प्रचण्डले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन् । एमालेको संस्थापना पक्षका केही नेताहरुले नेपाल–खनाल पक्षलाई प्रचण्डको एजेण्डामा चलिरहेको आरोप लगाइरहेको बेला प्रचण्ड–नेपालबीचको भेटलाई अर्थपूर्ण तरिकाले हेरिएको छ ।
प्रचण्ड–नेपालबीच यसअघि पनि सो व्यापारीको घरमा भेटवार्ता भएको थियो।
फेसबुक पेज Like गर्नुहोस