रेशम चौधरीको मुद्धा सत्ता स्वार्थको साधन नबनोस् : बाबुराम भट्टराई
काठमाडौं - जनता समाजवादी पार्टी जसपाका संघीय परिषद्का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले निलम्बित सांसद रेशम चौधरीलगायत सबै राजनीतिक बन्दीहरूको रिहाइलाई सत्ता स्वार्थको साधन नबनाउन आग्रह गरेका छन् ।
शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत् भट्टराईले उक्त मुद्दा जसपाको सर्वसम्मत र निरन्तरको अडान भएकोसमेत बताएका छन् ।
'रेशम चौधरी लगायत सबै राजनीतिक बन्दीहरूको रिहाइ तुरून्त र नि:शर्त गर ! थारू लगायत उत्पीडित राष्ट्रियताहरूको पहिचान र अधिकार सहितको राज्य पुनर्संरचना हुनेगरी संविधान संशोधन गर ! यो जसपाको सर्वसम्मत र निरन्तरको अडान हो ! यो क्षणिक सत्ता-स्वार्थ निम्ति मोलतोलको साधन नबनोस् र भ्रमको खेती नहोस!' भट्टराईले भनेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जससपालाई आफ्नो पक्षसँग सत्ता समीकरणमा साथ दिनुपर्ने सर्त राखिरहेका बुधबार जसपाका वरिष्ठ नेता राजेन्द्र महतो चौधरीलाई भेट्न कारागार पुगेका थिए । त्यसपछि उनले सरकारमा जान नहुने भनेको केही सञ्चारमाध्यमले जनाएका थिए ।
तर, बिहिबार विज्ञप्ती जारी गर्दै चौधरीले पार्टीको निर्णयमा बाधक नबन्ने बताइसकेका छन् ।
फेसबुक पेज Like गर्नुहोस