काठमाडौं - सरकारले देशमा लकडाउन सुरु गरेयता मोबाइल बैंकिङ कारोबार गर्नेको सख्या ह्वात्तै बढेको छ । सरकारले डिजिटल नेपालको विकास गर्ने योजना बढाएसँगै बैंकिङ कारोबार गर्नेको सख्या बृद्धि भएको हो ।

राष्ट्र बैंकले सार्वजनिक गरेको पुस महिनाको तथ्यांक अनुसार मोबाइल बैकिङ र इन्टरनेट प्रयोगकर्ताको निकै बढेको छ । पुस मसान्तसम्म मोबाइल बैकिङ कारोबार गर्नेको सख्या १ करोड ३६ लाख २५ हजार भन्दा धेरै छ ।

त्यस्तै, इन्टरनेट बैंकिङ प्रयोगकर्ताको सख्या पनि बढेर ११ लाख १४ हजार पुगेको छ । हालसम्म बैंक तथा वित्तीय संस्थाहरुले ८३ लाख १८ हजार डेबिट कार्ड र १ लाख ७६ हजार क्रेडिट कार्ड जारी भएका छन् ।