बस चेक गर्ने क्रममा ५४ लाख ४८ हजार रुपैयाँको सुनसहित युवक पक्राउ
काठमाडौं,हेटौँडा-प्रहरीले करिब ५४ लाख ४८ हजार रुपैयाँ बराबरको अवैध सुनसहित एक युवकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज बिहान करिब ३ बजेको समयमा विशेष सूचनाको आधारमा वीरगञ्जका २२ वर्षीय किसन साहलाई लाखौँ रुपैयाँका सुनसहित पक्राउ गरेर अनुसन्धान सुरु गरेको जनाएको छ ।
जिल्ला प्रहरीले हेटौँडा–१५ स्थित रातोमाटे चेकपोष्टमा यात्रुबाहक बसमा चेकजाँच गर्ने क्रममा ५६१.३० ग्राम सुनसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रदेश २–०३–००१ ख ०१५९ नम्बरको बसमा सवार साहले जुत्ताको नोकभित्र उक्त परिमाणमा सुन लुकाएर ल्याएको प्रवक्ता कार्कीले बताए ।
फेसबुक पेज Like गर्नुहोस