काठमाडौं - नेपालमा थप ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा २५१२ मा पिसिआर गर्दा ४८ जनामा कोरोना पुष्टि भएको हो।
योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ११८ पुगेको छ। पछिल्लो २४ घन्टामा ६१ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७१ हजार १७७ पुगेको छ।
अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०१२ पुगेको छ। कोरोनाबाट निको हुनेको दर ९८. ६ प्रतिशत पुगेको छ।

.gif)



