काठमाडौं - सङ्घीय संसद्अन्तर्गतको राष्ट्रिय सभाको आजका लागि तय गरिएको बैठक स्थगित भएको छ ।
बैठकको मिति र समय परिवर्तन गर्दै आगामी साउन २७ गते बुधबार अपराह्न १:१५ बजे बस्ने गरी नयाँ समय निर्धारण गरिएको छ।
सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जारी गरेको सूचनाअनुसार, यसअघि साउन २२ गते शुक्रबार अपराह्न १स्१५ बजेका लागि बैठक तय गरिएको थियो।
राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम राष्ट्रिय सभा अध्यक्षले बैठकको नयाँ मिति र समय निर्धारण गरेको सचिवालयले जनाएको छ।
नयाँ कार्यतालिकाअनुसार राष्ट्रिय सभाको बैठक साउन २७ गते बुधबार अपराह्न १ः१५ बजे संघीय संसद् भवनमा बस्नेछ ।

.gif)


