काठमाडौं-नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले १२ जना भारतीय नागरिक पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई झुटा विवरण पेश गरेर नेपाली नागरिकता लिएको आरोपमा पक्राउ गरेको हो।

घटनाबारे विस्तृत जानकारी दिन उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्ने भएको छ। आरोपीहरुसँग भारतीय र नेपाली नागरिकता भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ।

पक्राउ परेकाहरु नेपालमा ब्यापार व्यवसाय गर्दै आएका थिए।