काठमाडौं - प्रतिनिधिसभा विघटन मुद्दामा आजको सुनुवाइ सकिएको छ । सोमबार महान्यायाधिवक्ता रमेश बडालले २ सय मिनेट अर्थात् ३ घण्टा २० मिनेट बहस गरेका छन् । 

उनले बहसका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या भण्डारीले गरेको कामको बचाउ गरेका छन् । संसद विघटन संवैधानिक  भएको उनको दावी छ । 

बडालले धारा ७६(५) अनुसार स्वतन्त्र रुपमा निर्वाचित भएका सांसदहरु पनि सरकार बनाउने दावी लिएर जान सक्ने ब्याख्या गरेका छन् । ‘७६(२) र (५) मा एउटै फरक छ । ५ मा उमेदवार निर्दलीय सांसद हुन सक्छन् तर समर्थन दलकै चाहिन्छ । ७६(५) मा (२) अनुरुपका सदस्य भनिएको हो । त्यो भनेको दलकै सदस्यमात्रै उमेदवार बन्न सक्ने हो । तर सदस्यको हैसियतमा बहुमत सांसदको व्यक्तिगत विश्वास लिने हो । उमेदवार स्वतन्त्र पनि हुन सक्छ तर समर्थन दलको चाहिन्छ ।’ बडालले भने ।

मंगलबार नायव महान्यायाधीवक्ता पदम प्रसाद पाण्डेयले बहस गर्नेछन् । पाण्डेयका लागि २ घण्टा समय छुट्याइएको छ ।