सुरेन्द्र पाण्डे प्रचण्ड-नेपाल समूहको महासचिव
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विभाजनपछि प्रचण्ड–नेपाल पक्षले महासचिवको जिम्मेवारी सुरेन्द्र पाण्डेलाई दिने भएको छ । आज बबरमहलस्थित एक पार्टी प्यालेसमा बस्न लागेको केन्द्रीय समितिको बैठकले पाण्डेलाई महासचिवमा चयन गर्न लागेको हो।
महासचिव विष्णु पौडेल प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको समूहमा गएपछि प्रचण्ड–नेपालले पाण्डेलाई आफ्नो समूहको महासचिवको जिम्मेवारी दिन लागेको हो ।
केन्द्रीय समिति बैठकअघि आज बिहानै सिनामंगलमा दुवै पक्षका नेताहरुबीच छलफल भएको थियो । शीर्ष नेताहरुको सो छलफलपछि नेता पाण्डेलाई महासचिव बनाउने तयारी भएको हो ।
स्रोतका अनुसार वरिष्ठ नेता झलनाथ खनालको प्रस्तावमा पाण्डे महासचिव बन्ने भएका हुन् । प्रचण्ड–नेपाल दुवै अध्यक्ष भएपछि वरिष्ठ नेता खनालले आफूले भनेको नेता महासचिव हुनुपर्ने अडान लिएका थिए।
यसअघि महासचिव पदका लागि भीम रावल, सुरेन्द्र पाण्डे, वर्षमान पुन, जनार्दन शर्मा, कृष्णबहादुर महरा लगायत नेताको नाम चर्चामा आएको थियो ।
फेसबुक पेज Like गर्नुहोस