सेयर बजारमा नेगेटिभ सर्किट, १२३ अंकले घट्यो कारोबार
खबर एक्सप्रेस
२०७७-०८-२१ ०२:२२ मा प्रकाशित
Total Shares: 322
काठमाडौं - सेयर बजारमा नेगेटिभ सर्किट लागेको छ ।
आइतबारको सेयर बजार ६ प्रतिशतले घटेपछि दिउँसो २ बजेर १३ मिनेट जाँदा बजार बन्द भएको छ । बजारको नियमित कारोबार ११ बजेदेखि ३ बजेसम्म हुन्छ । तर, कारोबार ६ प्रतिशतले घटबढ भएमा सर्किट ब्रेक लाग्ने व्यवस्था छ ।
आइतबार बजार परिसूचक १ सय २३ अंकले घटेर १ हजार ९ सय ३२ अंकमा झरेको छ । यति फराकिलो अंकले बजार झरेको पहिलो पटक हो । कारोबार रकम भने ७ अर्ब नाघेको छ ।
फेसबुक पेज Like गर्नुहोस