नेपाल पक्ष बालुवाटार बैठकमा नजाने
खबर एक्सप्रेस
२०७८-०३-१७ ०७:४७ मा प्रकाशित
Total Shares: 250
काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षले शुक्रबार बस्ने एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय गरेको छ ।
बिहीबार बुद्धनगरस्थित एक ब्याङ्वेटमा बसेको नेपाल पक्षीय स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकमा नजाने निर्णय गरेको एक नेताले जानकारी दिए ।
ओली पक्षले महाधिवेशन आयोजक कमिटी भंग गरेर एमालेले २०७५ जेठ २ अघिकै पदाधिकारीको हैसियतमा नेपाल पक्षका नेताहरूसहित केन्द्रीय कमिटी बैठक बोलाएको छ । तर, नेपाल पक्षले पूर्व माओवादी केन्द्रका २० जनालाई केन्द्रीय सदस्य बनाएकोप्रति आपत्ति जनाएको छ ।
यथास्थितिमा बालुवाटार जान नहुनेमा नेपाल पक्षका नेताहरु एक ढिक्का भएका छन् ।
फेसबुक पेज Like गर्नुहोस