पाँच बर्षपछि भाइटीकाको दिन खुल्यो रानीपोखरीको मन्दिर
खबर एक्सप्रेस
२०७७-०८-०१ ०८:१५ मा प्रकाशित
Total Shares: 311
काठमाडौं - भाइ टीकाका लागि आज र भोलि रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा दर्शनको व्यवस्था मिलाइएको छ ।
२०७२ सालको भूकम्पले पूर्णरुपमा क्षति पुर्याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणको काम सम्पन्न भएपछि यो वर्ष भाइटीकाका लागि खुला गरिने भएको हो ।
दाजुभाइ र दिदीबहिनी नभएकाहरु जम्मा भएर भाइटीका लगाउने गर्दछन् । काठमाडौं महानगरपालिकाले भाइटीकाको अवसर पारेर आज र भोलि गरी दुई दिन मन्दिर खुला रहने जनाएको छ ।
यो वर्ष तिथी घटबढका कारण दुई दिन भाइटीका लगाइने भएकाले आज र भोली मन्दिर खुला हुने हुने भएको हो ।
फेसबुक पेज Like गर्नुहोस