काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । 

महाशाखाले हाल देशमा पश्चिमि वायू र स्थानिय वायूको आंशिक प्रभाव रहेको र  देशको पश्चिमी क्षेत्रका केहि भु–भागमा आंशिक बदली भएको र बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको जानकारी दिएको छ । 

यसैगरी, महाशाखाले शुक्रबार दिउँसो देशका पहाडी भू–भागमा  आँशिक बदली रही एक वा दुई स्थानमा मेघ गर्जन, चट्याङ तथा असिना सहित वर्षाको सम्भावना रहेको जनाएको छ । 

बाँकी क्षेत्रमा भने  मौसम सामान्यतया सफा रहने पूर्वानुमानमा उल्लेख छ ।  राति भने देशभर सामान्यतया मौसम सफा रहने देखिन्छ।