नयाँ सरकार निर्माणका लागि काँग्रेस शीर्ष नेता बूढानीलकण्ठमा
खबर एक्सप्रेस
२०७८-०३-२८ ०२:११ मा प्रकाशित
Total Shares: 367
काठमाडौं - सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनः स्थापना गरेसँगै काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूलाई आफ्नो निवास बूढानीलकण्ठ बोलाएका छन् ।
सर्वोच्चले दुई दिनभित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने परमादेश दिएकाले नयाँ सरकार निर्माणका सन्दर्भमा छलफल गर्न बैठक बोलाइएको बुझिएको छ ।
केही नेताहरु बूढानीलकण्ठ पुगिसकेका छन् भने केही नेता जाने क्रममा रहेको बताइएको छ । आजै विपक्षी गठबन्धनका नेताहरूसँग पनि छलफल गर्ने कांग्रेसको तयारी छ ।
फेसबुक पेज Like गर्नुहोस