काठमाडौँ - गत साताबाट ओरालो लागेको सुन र चाँदीको भाउ आज पनि घटेको छ । आज छापावाल सुन तोलाको ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबारको भन्दा आज तोलामा ४ सय रुपैयाँको गिरावट आएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज तेजावी सुन तोलाको ६९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदी तोलाको ८४० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ तोलामा ३० रुपैयाँले घटेको हो ।

.gif)


