बहराइनमा रहेका नेपालीहरुको अवस्थाबारे प्रधानमन्त्रीद्वारा चासो व्यक्त
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले बहराइनमा रहेका नेपालीहरुको अवस्था बारे चासो व्यक्त गरेका छन् ।
शनिबार प्रधानमन्त्री ओलीले बहराइनका समकक्षी खलिफा विन सलमान अल खालिफासँग टेलिफोनमा कुरा गर्दै त्यहाँ रहेका नेपालीको अवस्थाबारे चासो राखेका हुन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड १९० को कारण प्रभावित बहराइनमा रहेका नेपाली श्रमिकहरूको सुरक्षाका बारे कुराकानी भएको जानकारी दिएका छन् ।
‘कोभिड –१९ का सन्दर्भमा नेपाली श्रमिकहरुको उल्लेख्य संख्या रहेको मुलुकका सरकार प्रमुखसँग कुराकानी गर्ने क्रममा आज बहाराइनका प्रधानमंत्रीसँग फोन संबाद गरें । त्यहाँ रहेका नेपालीहरुको सुरक्षाप्रति चासो राख्दै बहाराइनबाट प्राप्त सहयोगकालागि धन्यबाद ज्ञापन गरें’ उनले लेखेका छन् ।
फेसबुक पेज Like गर्नुहोस