काठमाडौंको वायु आज पनि अति अस्वस्थकर, विश्वका प्रदूषित शहरको दोस्रो स्थानमा
काठमाडौं - काठमाडौं उपत्यकाको वायु आज पनि अति अस्वस्थकर रहेको छ । ‘एयर क्वालिटी इन्डेक्स’को मापनअनुसार काठमाडौं उपत्यका विश्वका प्रदूषित शहरको दोस्रो नम्बरमा छ ।
प्रदूषणमा पहिलो स्थानमा भारतको नयाँ दिल्ली हरेको छ । यस्तै, तेस्रो स्थानमा पाकिस्तानको लाहोर शहर छ । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार मानव स्वास्थ्यका लागि वायुको गुणस्तर सूचकाङ्क ० देखि ५० सम्म स्वास्थ्यको लागि राम्रो मानिन्छ ।
यस्तै, ५१ देखि १०० मध्यम, १०१ देखि १५० सम्म हुँदा संवेदनशील समूहको लागि अस्वस्थ, २०१ देखि ३०० सम्म निकै अस्वस्थ, ३०१ भन्दामाथि स्वास्थ्यको लागि खतरनाक तह मानिन्छ ।
लामो समयदेखि पानी नपर्दा र वन जङ्गलमा डढेलो लागिरहेका कारण वायु प्रदूषण बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस