सेन्चुरी कमर्सियल बैंकले गर्यो पुनरकर्जाको लागि आवेदन दिन आग्रह
खबर एक्सप्रेस
२०७७-०५-२५ १२:३० मा प्रकाशित
Total Shares: 1031
काठमाडौं - सेन्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह गरेको छ ।
बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधी, २०७७ मा भएको व्यवस्था बमोजिम पुनरकर्जा सुविधा प्राप्त गर्न योग्य ग्राहक तथा ऋणीहरुलाई आफुले कर्जा लिइरहेको शाखा कार्यलयमा आवश्यक कागजात सहित असोज १ गतेसम्म आवेदन दिन आग्रह गरेको हो ।
फेसबुक पेज Like गर्नुहोस