सभामुख सापकोटाले आज सम्पादकहरूसँग अन्तरक्रिया गर्दै
खबर एक्सप्रेस
२०७८-०३-१५ ०१:१८ मा प्रकाशित
Total Shares: 233
काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाले आज विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया गर्दै छन् । दिउँसो संसद भवन नयाँबानेश्वरमा हुने अन्तरक्रियामा पछिल्लो राजनीतिक परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गर्न सभामुख सापकोटाले सम्पादकहरुसँग अन्तरक्रिया गर्न लागेका हुन् ।
यसअघि सभामुख सापकोटाले पूर्वसभामुख, पूर्वप्रधानमन्त्रीहरु तथा कानुनविद्हरुसँग छुट्टाछुट्टै छलफल गरिसकेका छन् ।
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि सभामुख सापकोटाले यसको विरोध गर्दै आएका छन् । सभामुख सापकोटा संवैधानिक परिषद्को बैठकमा समेत सहभागी भएका छैनन् ।
फेसबुक पेज Like गर्नुहोस