काठमाडौं - नेकपा एमालेले केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ । ललितपुरको रामबाग महल, भनिमण्डलमा बैठक सुरु हुन लागेको हो ।

बैठकमा राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक आयोजना गर्नेलगायत सचिवालयबाट प्रस्तावित विषयमा छलफल हुने बताइएको छ।

यसअघि, आइतबार पार्टीको १०औँ सचिवालय बैठकले कार्यदलले तयार पारेको प्रतिवेदनलाई पनि अनुमोदन गरेको छ। आजको बैठकाका लागि एजेण्डा तय गर्न हिजो बसेको सचिवालय बैठकले राष्ट्रिय प्रतिनिधि परिषद् बैठक बोलाउने सहमति गरेको छ।

हिजोको सचिवालय बैठकमा उपाध्यक्ष तथा कार्यदलका संयोजक रामबहादुर थापा र महासचिव पोखरेलले तयार पारेका प्रतिवेदनलाई एकीकृत गरी अन्तिम रूप दिइएको थियो। कार्यदलका संयोजक थापाले सचिवालय बैठकमा प्रतिवेदन पेस गरेका थिए।