काठमाडौं - स्वयम्भुस्थित एक जुवा खालबाट पूर्वराज्यमन्त्री पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले जुवा खेलिरहेको अवस्थामा पूर्वराज्यमन्त्री खोभारी रायसहित १० जनालाई पक्राउ गरेको हो ।

काठमाडौँ प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले दिएको जानकारी अनुसार पक्राउ परेकाहरुको साथबाट १ लाख ५३ हजार रुपैयाँ पनि बरामद भएको छ ।

राय २०५२ सालमा शेरबहादुर देउवाको पालामा र २०५३ सालमा लोकेन्द्रबहादुर चन्दको पालामा उनी राज्यमन्त्री भएका थिए । उनै राय २०६४ सालमा सर्लाही क्षेत्र नम्बर ५ बाट सांसद निर्वाचित भएका थिए ।