काठमाडौं, एजेन्सी - अमेरिकाको क्यालिफोर्निया राज्यको एक रेलवे स्टेशन नजिक अन्धाधुन्ध गोली चल्दा ८ जनाका मृत्यु भएको छ । क्यालिफोर्नियाको सैन जोसमा रहेको सान्ता क्लारा स्थित रेल यार्डमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा ८ जनाको मृत्यु भएको हो ।

रेलवे स्टेशन नजिक रहेका रेलवे कर्मचारीहरुको छलफल चलिरहेकै बेला गोली प्रहार भएको प्रहरी अधिकारीहरुलाई उद्दृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

गोलीकाण्ड गर्नु अघि ती व्यक्तिले आफनो घरमा आगजनीसमेत गरेको बताइएको छ । प्रहरी कारबाहीमा बन्दुकधारी मारिएका छन् । अमेरिकामा यो बर्षमात्रै २ सय ३० वटा गोली काण्डका घटना भएका छन् ।