वीरगन्ज - वीरगन्जमा भारतबाट आएका २६ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

छपकैया र घुसुकपुरका मस्जिदमा रहेका २६ जनालाई शनिबार रातिनै सिद्धार्थ माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

क्वारेन्टाइनमा पठाएकामध्ये ४ जना नेपाली र २२ भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ। त्यही समूहमा भारतबाट आएका तीन जनामा कोरोना पोजेटिभ देखिएपछि क्वारेन्टाइनमा पठाइएको हो । ती संक्रमित व्यक्ति नारायणी उप क्षेत्रिय अस्पतालमा राखिएको छ ।

यी भारतीय नागरिकहरू कहिले नेपाल आएका थिए र उनीहरू नेपालमा कहाँकहाँ गए भन्नेबारेमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।