काठमाडौं,एजेन्सी - भारतमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै दैनिक उच्च मात्रामा संक्रमित थपिदै आएका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा भारतमा १ लाख ८५ हजार २४८ नयाँ संक्रमित फेला परेका छन् । यो कोरोना महामारी सुरु भएयताकै एकैदिन थपिने संख्या अहिलेसम्मकै उच्च रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टाकै अवधिमा यसको संक्रमणबाट १ हजार २६ जनाको मृत्यु भएको छ । हालसम्म संक्रमित हुनेको संख्या १ करोड ३८ लाख ७१ हजार ३२१ पुगेको छ भने मृतकको संख्या १ लाख ७२ हजार ११५ पुगेको छ ।

१ करोड २३ लाख ३२ हजार ६८८ संक्रमित निको भएका छन् । सक्रिय संक्रमित बढेर १३ लाख ६६ हजार ५१८ पुगेको छ ।